कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

होमल्याण्ड खबर

२०८० भाद्र १ गते, शुक्रबार १६:०८ मा प्रकाशित

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । यसअघि मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नियुक्त मुख्यमन्त्री उद्दव थापाले प्रदेशसभा नियमावली २०७४ ९पहिलो संशोधन०सहितको नियम १२८ को उपनियम ९१० र ९२० बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएका थिए ।

तर, सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाको सचिवालयले जनाएको छ । थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमाले नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि थापा पहिलोपटक असार २१ गते कोशीको मुख्यमन्त्री बनेका थिए । त्यतिबेला थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्चले उनको मुख्यमन्त्री नियक्ति बदर गरिदिएको थियो । पछि सभामुख गौतमलाई राजीनामा गराएर पुनः थापा मुख्यमन्त्री बनेका थिए ।