सिंहदरबारमा सर्वदलीय बैठक जारी

होमल्याण्ड खबर

२०८० भाद्र ६ गते, बुधबार १२:४८ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बसिरहेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकमा संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका नेताहरु सहभागी छन् ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनबारे बैठकमा छलफल भइरहेको छ । यसअघि सोमबार बसेको बैठकले समिति गठनका लागि मस्यौदा बनाउने जिम्मा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई जिम्मेवारी दिएको थियो ।

मंगलबार नै मस्यौदा बुझाउने तयारी गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित भएपछि स्थगन भएको थियो। आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतको उपस्थिति रहेको छ । जारी बैठकमा मस्यौदा पेस गरिने बताइएको छ।