प्याज भारतबाट भित्रिन छाडेसँगै कालीमाटीमा मूल्य सूचीबाट हटाइयो

होमल्याण्ड खबर

२०८० भाद्र ६ गते, बुधबार १५:०१ मा प्रकाशित

कालीमाटी तरकारी बजारमा भारतको प्याज आउन छोडेको छ । भारतले निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै कालीमाटीमा भारतको प्याज आउन छोडेको हो ।

आइतवार रातिदेखि नै कालीमाटीमा भारतीय प्याज भित्रिएको छैन । सामान्य अवस्थामा भारतबाट दैनिक एक सय टन प्याज भित्रिँदै आएको थियो ।

भारबाट भित्रिन छाडेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको मूल्यसूची नै हटाएको छ ।