ललितानिवासको निर्णयकर्तालाई सुनपानी छर्केर चोख्याइयो : रवि लामिछाने

होमल्याण्ड खबर

२०८० भाद्र ६ गते, बुधबार १७:०८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाएका छन् ।

निर्णयमा हस्ताक्षर गर्ने कर्मचारीलाई विमानको सिटबाट समातेर ल्याउने र निर्णय कर्तालाई उन्मुक्ति दिइएको भन्दै उनले आपत्ति जनाए ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै लामिछानेले सरकारले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा। बाबुराम भट्टराईलाई जोगाइएको भन्दै आपत्ति जनाएका हुन् ।

‘सरकारले भनिरहेको सुशासन कहाँसम्मको सुशासन हो रु आफ्नो ढोकासम्म नआएको हो रु ललितानिवास प्रकरणमा निर्णयमा हस्ताक्षर गर्ने कर्मचारी जहाजको सिटबाट पक्राउ गरियो । निर्णयकर्ता ९पूर्वप्रधानमन्त्री०लाई सुनपानी छर्केर चोख्याइयो । सुन प्रकरणमा सत्तारुढ दलका नेताको नाम आउँदा बित्तिकै सुस्तायो’ लामिछानेले भने ।

सुन तस्करीमा माओवादी नेताका छोराहरूको नाम आउनासाथ सुस्ताएको उनले आरोप लगाए ।​

बुवा पुस्ताले गरेको त्यागको आधारमा माओवादी नेताका छोराहरू नवयुवराज बनेर तस्करीमा लागेको उनको आरोप थियो ।