५ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् ।
आज दिउँसो उनले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनःनिर्माण सम्पन्न भएपछि देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडी एनिमेशनको अवलोकन पनि गरेका थिए । उनले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिए ।