५ मंसिर २०८१, बुधबार
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ।
इन्जिनियरिङ्ग अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरुद्धमा नेविसंघले आज प्रधानमन्त्रीको निवास बालुवाटार घेराउ गरेको हो ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) कार्यान्वयन समितिको २०८० श्रावण २५ गतेको निर्णय अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अर्न्तगतका आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारवाट बढाएर ७ लाख ७५ हजार पुर्याएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।
इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिबी तथा जेहेन्दार विद्यार्थीहरू अध्ययनबाट वञ्चित हुने नेविसंघको भनाई छ।
शुल्क वृद्धिको विरुद्धमा नेविसंघ पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका इकाई अध्यक्ष सुलभ चापागाईँ विगत पाँच दिनदेखि अनशनरत छन् ।
चापागाईँको जीवन रक्षाका लागि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सबै सरोकारवाला निकायसँग अपील गरेका छन् ।
सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने, आईओईले १४४ प्रतिशत बढाएको अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि फिर्ता हुनुपर्ने, त्रिवि र आईओईलाइ सेन्टर अफ एक्सिलेन्सको रुपमा स्थापित गरी अनुदान बढाउनुपर्ने लगायतको माग नेविसंघको रहेको छ ।