संघीय निजामति सेवा ऐन चाँडै संसदबाट पास हुन्छ : मन्त्री देवी

होमल्याण्ड खबर

२०८० भाद्र २२ गते, शुक्रबार १२:५७ मा प्रकाशित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले छिट्टै संघीय निजामति सेवा ऐन संसदबाट पास हने बताएकी छन्।

संघीय प्रशासन प्रणाली थप मजबुत बनाउन संघीय निजामति सेवा ऐनको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले यस्तो बताएकी हुन्।

शुक्रबार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री देवीले प्राविधिक कारणले संघीय निजामति सेवा ऐन आउन ढिलाइ भएको जानकारी दिइन्। तर, अहिले सरकारले मन्त्रीपरिषद्बाट पास गरी संसदमा पठाउने निर्णय भइसकेको भन्दै अब छिट्टै नै संसदबाट पारित भइ कार्यान्वयनमा जाने उनको भनाइ छ।

मन्त्री देवीले संघीय निजामति सेवा ऐन लागू भइसकेपछि संघीय निजामति सेवा मात्र नभइ प्रदेश र स्थानीय तहसम्मको धेरै अन्योलता पनि अन्त्य हुने बताइन्।