५ मंसिर २०८१, बुधबार
नेकपा एमालेका सचिव योगेश भट्टराईले कोशी प्रदेशसभा सदस्य खगेन सिङ हाङगामले कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाएको आरोप लगाएका छन् ।
नेपाल प्रहरीका डीएसपी राजन लिम्बुलाई चेतावनी दिएर सडकमा ताण्डव मच्चाएको भन्दै त्यो सुहाउने कुरा नभएको उनले टिप्पणी गरेका हुन् ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘त्यसमा पनि जनप्रतिनिधिहरूले कानुन कार्यान्वयन गर्ने अधिकारीले निष्पक्ष र पारदर्शी रूपमा काम गरे नगरेको मूल्याङ्कन गर्ने र उपयुक्त तरिका र ठाउँबाट निर्देशन दिने हो । आफैँ कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउनु सुहाउने कुरा होइन ।’
सचिव भट्टराईले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने जो कोहीले पनि त्यसको पालना गरेर र आचरणबाट आफूलाई प्रमाणित गर्नु पर्ने बताए। उनले लोकतान्त्रिक व्यवस्थामा कानुनको नजरमा सबै समान हुने पनि बताएका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेशका सांसद हाङगामले केही दिन अघि प्रहरी नायव उपरीक्षक ९डिएसपी० लाई ज्यान मार्ने धम्की दिएका थिए।
उनले दिएको चेतावनीसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले आलोचना भइरहेको छ। भदौ २१ मा फुङलिङमा आयोजित मेलामा सादा पोसाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा विवाद उत्वन्न भएको बताइएको छ।ाबअभदययप कजबचष्लन दगततयल