५ मंसिर २०८१, बुधबार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङ उपाध्यक्ष मात्रै नभएको बताएका छन् । सोमबार राति उनको निधन भएपछि गहिरो समवेदना व्यक्त गर्दै अध्यक्ष ओलीले नेम्वाङ पार्टी उपाध्यक्ष मात्र नभई आफ्नो दुःख सुखको साथी भएको समेत बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्षमात्रै होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पु¥याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
सोमबार राति बाथरुममा अचेत अवस्थामा भेटिएका नेम्वाङको अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।