रामेछापमा बस दुर्घटना, ७ जना घाइते

होमल्याण्ड खबर

२०८० भाद्र २७ गते, बुधबार १२:३१ मा प्रकाशित

रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। बुधबार बिहान रजनटारबाट काठमाडौं जाँदै गरेको बा ३ ख ५९६० नम्बरको बस सुनापति गाउँपालिका-३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जनकुमार गिरीले  जानकारी दिए।

उनका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनालाई एम्बुलेन्स र ४ जनालाई सुमोमा काठमाडौंतर्फ उपचारका लागि पठाइएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।

बस आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।