रास्वपाले थाल्यो ढाकाकुमारको अभिव्यक्तिपछि मोहनजंग थापामाथि छानबिन

होमल्याण्ड खबर

२०८० भाद्र २७ गते, बुधबार १४:४१ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित डा.ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले मोहनजंग थापाको नाम मुछेपछि ध्यानाकर्षण जनाएको हो।

रास्वपाले आज एक विज्ञप्ति जारी गरी बिनाआधार, बिनाप्रमाण पार्टीको छविमा आँच पुर्‍याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न रास्वपाले आग्रह पनि गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘ राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा.श्रेष्ठ वा जोकोही आएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारबाही गरिने समेत उल्लेख गरेका छन् ।