५ मंसिर २०८१, बुधबार
अब प्रत्येक दिन प्रत्येक प्रहरी कार्यालयमा ध्यान गराउने कार्यक्रम लागू गरिने भएको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको कार्यक्षमता बढाउनका लागि यस्तो कार्यक्रम राख्न लागिएको बताएका हुन्।
बिहीबार प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सुशासनको अभियानलाई फाइदा गर्नका लागि यो कार्यक्रम सुरु गर्न लागिएको बताए। छिट्टै राष्ट्रपतिले उद्घाटन गर्ने ध्यान कार्यक्रम देशभरिका प्रहरी कार्यालयमा लागू हुने उनको भनाइ छ ।
‘कुन बेला प्रहरीले ध्यान गर्ने हो रु’ भन्ने सांसदहरूको प्रश्नमा उनले हरेक दिन बिहान कार्यालय पुगेपछि १५ मिनेट अनिवार्य ध्यान गर्नुपर्ने बताए । यस्तो ध्यान कुनै धर्म सम्प्रदायको नभई वैज्ञानिक किसिमको हुने उनले स्पष्ट पारे ।
आफैलाई हेर्न, दण्डहीनता कम गर्न र काम गर्ने क्षमता बढाउनका लागि ध्यान गरेर मात्र काम सुरु गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए।