१९ वर्षमुनिकाे साफ च्याम्पियनशिपमा भारतकाे विजयी शुरुवात

होमल्याण्ड खबर

२०८० आश्विन ४ गते, बिहीबार १६:२४ मा प्रकाशित

१९ वर्षमुनिकाे साफ च्याम्पियनशिपमा भारतले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा भारतले बङ्गलादेशलाई ३–० गाेलले हरायाे ।

पहिलाे हाफमा २ गाेल गरेकाे भारतले दाेस्राे हाफमा १ गाेल थप्याे । भारतका लागि गुग्मसार गोयरी, नओबा मेइतेई र र अर्जुन ओइनामले १/१ गाेल गरे ।

याे जितसँगै समूह ‘बी’ मा रहेकाे भारतले ३ अङ्क जाेडेकाे छ । याे समूहमा भारत, बङ्गलादेश र भुटान छन् ।

प्रतियोगिताको दोस्रो खेलमा आजै बेलुकी साढे ५ बजे घरेलु टोली नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । याे समूहमा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।