एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसँग खेल्दै

होमल्याण्ड खबर

२०८० आश्विन ८ गते, सोमबार ११:२६ मा प्रकाशित

 चीनमा जारी १९औँ एसियाली खेलकुद-२०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसँग खेल्ने भएको छ।

नेपाल र जापानबीचको खेल आज साँझ ५ः१५ बजे हुने छ ।

महिला फुटबलमा नेपालले जापानसँग पहिलो पटक खेल्न लागेको हो । यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको हो ।

नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो । जापानले भने पहिलो खेलमा बंगलादेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।

समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । उक्त समूहमा जापान शीर्ष स्थानमा रहेको छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ ।