५ मंसिर २०८१, बुधबार
नवनियुक्त चार राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहण गर्ने राजदूतमा सुधिर भट्टराई (फ्रान्स), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स), घनश्याम लम्साल (कुवेत) र रामप्रसाद सुवेदी (स्विट्जरल्यान्ड) रहेका छन्।
शीतलनिवासमा आयोजित एक समारोहमा राजदूतहरुले शपथ ग्रहण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।
कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो।