५ मंसिर २०८१, बुधबार
नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ।
अन्तिम नामावलीमा अध्यक्षका दुईजना मात्र उम्मेदवार मैदानमा छन्।
अध्यक्ष पदमा पाँच आकांक्षीले उमेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उमेदवार बाँकी छन् । कैलाश ढुंगेल र कृष्ण दाहालबाहेकले उमेदवारी फिर्ता लिइसकेका छन्।
यसअघि उम्मेदवारी दिएका अध्यक्षका उमेदवार केशरबहादुर बुढाथोकी, केशव पाण्डे र सानु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै अन्तिममा दुई उम्मेदवार कायम भएको हो।
अब अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुनेछ ।
उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ । सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ ।
कृष्ण र कैलाश दुवैजना पदाधिकारीमा प्यानल बनाएर जाने तयारीमा छन् । बिहान १० बजेटबाट मतदान सुरू हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताए ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन गर्नेछ ।