२४ बैशाख २०८३, बिहीबार
यस वर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई प्रदान गरिने भएको छ।
आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।


यसैगरी यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार टेकवीर मुखियालाई प्रदान गरिने भएको छ ।
दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।
२०७८ को मदन पुरस्कार नवराज लम्सालको अग्नि र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठले पाएका थिए ।