काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमाथि कुटपिट

होमल्याण्ड खबर

२०८० आश्विन १४ गते, आईतवार १४:३० मा प्रकाशित

काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मी कुटिएका छन् । करिब एक साता आन्दोलनपछि सरकारसँग सहमति भएको केही घण्टाभित्रै सिनामंगलस्थित मेडिकल कलेजका चिकित्सक कुटिएका हुन् ।

आइतबार सबेरै बिहान १ बजेतिर काठमाडौं मेडिकल कलेजका चिकित्सकसहित ४ जना स्वास्थ्यकर्मीलाई विरामीका आफन्तले कुटपिट गरेका हुन् । मेडिकल कलेजको नेफ्रो विभागको ओपीडी डा। मनीषसहित इन्टर्नमा रहेका स्वास्थ्यकर्मी कुटिएका हुन् ।

मध्यराति चिकित्सक कुटिएपछि आइतबार बिहानैदेखि अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अहिले उनीहरु अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन्। आन्दोलनका कारण अस्पताल पनि ठप्प छ ।