५ मंसिर २०८१, बुधबार
सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गतको धुलिखेलदेखि खावासम्मको सडक छिटो बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधि सभामा बोल्दै बास्कोटाले धुलिखेलदेखि खावासम्मको ४ किलोमिटर सडक नबनेको भन्दै छिटो बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले भने,’अरनिको राजमार्गको नाम बलदे हुन्छ। ४ किलोमिटर बाटो धुलिखेलदेखि खावासम्मको बाटो कहिले बन्छ, ठेकेदारको समय सकिन ३ महिना बाँकी छ। अहिलेसम्म ४ सय १२ जना घाइते भएका छन्। यसमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस की म अनसन बसौं।’