२३ बैशाख २०८३, बुधबार
भारती मानन्धरले आफ्ना श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको आममाफीविरुद्ध अनशन थालेकी छन्।
न्याय माग्न काठमाडौं आएकी भारतीले माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी हुन्।


उनले आफुले न्याय नपाएसम्म अनसन नछोड्ने बताएकी छन्।
भारतीले रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दिएकी छन्।
असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके तरुण दलका नेता योग ढकाल (रिगल)लाई आममाफी दिएका थिए।