व्यक्तिहत्या गर्ने रिगललाई आममाफी दिएकाेमा हाम्रो सहमति छैन् : माधव नेपाल

होमल्याण्ड खबर

२०८० आश्विन १८ गते, बिहीबार १२:३७ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार व्यक्ति हत्यामा दाषी ठहर भएका व्यक्तिलाई आममाफी दिने दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताएका छन्।

रौतहटबाट समाजवादी जागरण अभियानको पाँचौ दिनको अभियानको सुरू गर्नुअघि पत्रकारसँगको कुराकानीमा उनले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताएका हुन्।

उनले भने, ‘नेपालगञ्जका एक अपराधीलाई आममाफी दिने कुरामा हाम्रो सहमति छैन। हामीसँग सरकारले कुरा गरेर जानकारी गराएको पनि छैन ।’

अध्यक्ष नेपालले सामाजिक सद्भाव जोगाउने पक्षमा पार्टी दृढ रहेको समेत बताए ।