२३ बैशाख २०८३, बुधबार
हमास संघर्षका क्रममा सम्पर्कबाहिर रहेका १२ जना नेपालीकाे अवस्था अझै अज्ञात रहेकाे इजरायलस्थित नेपाली दूतावासले जनाएकाे छ । उनीहरूकाे खाेजी जारी रहेकाे इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बताइन् ।
इजरायलकाे दक्षिणी भेगमा रहेकाे किबुज अलुमिनमा १७ जना नेपाली विद्यार्थी बस्थे । तीमध्ये ५ जना हमासले उक्त क्षेत्रमा गरेको आक्रमणमा परी घाइते भएका छन् । दुई जना बंकरभित्रै रहेका र तीन जनाको अस्पतालमा उपचार भइरहेको रिजालले जानकारी दिइन् ।


गाजा क्षेत्रबाट नजिकै रहेकाे किबुज अलुमिन क्षेत्रमा इजरायली सेना अझै पुगिसकेको छैन ।
त्यहाँकाे अवस्था अहिले पनि भयभीत रहेकाे इजरायली सञ्चारमाध्यमले जनाएका छन् । गैरआवासीय नेपाली संघ (एनआएन) इजरायलका अनुसार, सम्पर्कविहीन भएका नेपाली विद्यार्थीसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको बताएको छ ।