२३ बैशाख २०८३, बुधबार
इजरायलमा रहेका आफ्ना १ सय १९ जना विद्यार्थी सकुशल रहेको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएकाे छ।
विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक डा. शारदा थपलियाले एक प्रेस विज्ञप्ति जारी गर्दै ती विद्यार्थीलाई स्थानान्तरणको प्रयास भइरहेको जानकारी दिइन्।


कामसँगै अध्ययन गर्ने कार्यक्रम अन्तर्गत इजरायलमा रहेका १ सय १९ जना विद्यार्थी सकुशल छन् उनले विज्ञप्तिमार्फत भनेकी छन् ‘ विश्वविद्यालयबाट २०२३ मा इजरायल गएका ११३ जना र २०२२ मा गएका ६ जना गरी ११९ जना विद्यार्थी सकुशल हुनुहुन्छ। विभिन्न सरोकारवाला निकायहरूलाई अनुरोध गरेर सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको छ’ ।
विज्ञप्तिमा भनिएको छ, ‘ हालसम्म हामीलाई प्राप्त सूचना अनुसार विश्वविद्यालयका विद्यार्थीहरू इजरायलमा सकुशल रहेको जानकारी मिलेको छ। यस अप्ठ्यारो अवस्थामा विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपालस्थित इजरायलको राजदूतावास एवम् इजरायलस्थित नेपाली राजदूतावासलाई जानकारी दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक सहयोगको लागि अनुरोध गर्ने काम भइराखेको छ ।’