आजदेखि दसैँको अग्रिम टिकट खुला, बसपार्कमा बिहानैबाट लाइन

होमल्याण्ड खबर

२०८० आश्विन २२ गते, सोमबार १२:११ मा प्रकाशित

आज (सोमबार)बाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएकाे छ।

टिकट बुकिङ खुला भएसँगै नयाँ बसपार्कस्थित टिकट काउन्टरमा बिहानैदेखि लामो लाइन लागेकाे छ ।

गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो।

दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ।

यसअघि व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएका थिए। तर, सरकारसँग भएको छलफलमा व्यवसायी पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन्।