साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरनेटबाट बाहिरिने

होमल्याण्ड खबर

२०७५ फाल्गुन २ गते, बिहीबार १६:५० मा प्रकाशित

एजेन्सीः साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरनेटबाट बाहिरिने भएको छ ।

गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछिको समयमा रुसको यो घोषणा आएको हो । यो कानुनले रुसको इन्टरनेट स्वतन्त्र रुपमा सञ्चालन हुनका लागि आवस्यक प्राविधिक परिवर्तनका लागि अधिकार प्रदान गरेको हो ।

अप्रिल अगावै सुरु हुने यसको परिक्षण अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुस भित्रै हेरिनेछ ।मस्यौदा कानुनलाई संशोधन गर्नका लागि अप्रिल १ को समय दिइएको यो मस्यौदालाई डिजिटल इकोनोमी नेसनल प्रोग्रामको नाम दिइएको छ ।

कानुन अन्तर्गत विदेशी सक्तिले देशको अनलाइनलाई एक्ल्याउन खोजेको समयमा देशको रुनेट इन्टरनेट स्पेस स्वतन्त्र हुने विषय रुसको इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले सुनिश्चि गर्नुपर्नेछ ।

पछिल्ला वर्षहरुमा रुसमाथी साइबर हमला गरेको आरोप लाग्दै आएको छ । यसले नेटो र उसका गठबन्धलाई रुसमाथि नाकाबन्दी लगाउन प्रेरित गरेको छ ।

कानुनको यो लक्ष्यलाई व्यापक सहयोग गर्नका लागि आईएसपी तयार रहेको तर यो कसरी कार्यान्वयन गरिने भन्ने विषयमा असहमत भएको बताइएको छ ।