९ मंसिर २०८१, आईतवार
एजेन्सीः अमेरिकाको ऋण बढ्दै गएको भन्दै अमेरिकी केही नागरिकले आफ्नो देशको एक हिस्सा बिक्री गर्ने माग राखेका छन् ।
ऋणलाई कम गर्न मोन्टाना राज्य क्यानडालाई बिक्री गर्नका लागि उनीहरूले माग गरेको एक वेबसाइटमार्फत बताएका छन् ।
उक्त माग गर्ने मानिसहरूले यसको मूल्य १० खर्ब डलर निर्धारण गरेका छन् । यो माग ‘चेन्ज डट अर्ग’मा राखिएको छ । यसमा मोन्टाना अमेरिकाका लागि बेकार भएको भन्दै यसलाई बिक्री गर्नुपर्ने उनीहरूले बताएका छन् ।
यसले अमेरिकाको ऋणमा १० खर्ब डलरको कमी आउने तर्क उनीहरूको छ । हाल अमेरिकाको ऋण २ सय २० खर्ब डलर छ ।
मोन्टानाको जनसंख्या अत्यन्त कम छ ।
यहाँका कैयौं मानिसले आफुलाई अमेरिका भन्दा भिन्न भएको मान्दै आएका छन् ।
१ लाखको आवादी रहेको यो राज्यलाई अलग गर्नका लागि हालसम्म करिब ७ हजार मानिसले मागमा हस्ताक्षर गरिसकेका छन् ।
यद्यपि सामाजिक सञ्जालमा यो राज्यलाई अलग गर्ने प्रयासलाई बेइज्जति भएको संज्ञा दिँदै आएका छन् । केही मानिसले ट्रम्प प्रशासनबाट मुक्ति पाउनका लागि मोन्टाना क्यानडाको पक्षमा जान आवश्यक भएको बताएका छन् ।