९ मंसिर २०८१, आईतवार
एजेन्सीः नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोट हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ।
सो विस्फोटमा अन्य दर्जनौं घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। पेट्रोलियम पदार्थको सो पाइप विस्फोट भएपछि आगलागी हुनुका साथै धुवाँसमेत उडेको देखाइएको छ ।
पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै कम्पनीले विस्फोटको जिम्मा लिएका छैनन्। घटनामा धेरै घाइते भएकाले मृतकको संख्या अझै बढ्ने बताइएको छ।
नाइजेरियामा पेट्रोलियम पदार्थको पाइपलाइन विस्फोटनका घटना बारम्बार हुने गर्छन् ।