९ मंसिर २०८१, आईतवार
एजेन्सीः मुम्बईबाट सिंगापुर गइरहेको सिंगापुर एयरलाइन्सको विमानमा बम रहेको धम्की दिएको बताइएको छ ।
मंगलबार बिहान ८ बजे यो सूचना प्राप्त भए लगत्तै पाइलटले २६३ यात्रु सवार विमानलाई सुरक्षित रुपमा चांगि विमानस्थलमा अवतरण गराएका छन् । पछि परिक्षण गर्दा सूचना गलत भएको पुष्टि भएको छ ।
सिंगापुर एयरलाइन्सको एसक्यू विमान ४२३ ले स्थानिय समय अनुसार ११ः३५ बजे मुम्बइबाट उडान भरेको थियो । विमानले उडान भरेको केही समयपछि एयरलाइन्समा फोन आएको र उक्त फोनमा विमानमा आफुले बम राखेको बताएका थिए । यो धम्कीपछि सिंगापर वायुसेनाले चांगि अन्तर्राष्ट्रिय विमानस्थलमा विमानलाई सुरक्षित रुपमा अवतरण गराएको थियो ।
सबै यात्रुलाई विमानबाट सुरक्षित रुपमा ओरालिएको छ । यद्यपि एक अधिकारी महिला तथा बच्चालाई भने हिरासतमा ल्याएर प्रहरीले सोधपुछ गरिरहेको छ ।