९ मंसिर २०८१, आईतवार
बारा र पर्सामा आइतबार राति आएको हावाहुरी र त्यसपछि भएको विपद्प्रति छिमेकी मुलुक भारतले दुःख गरेको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त विपत्तिमा भएको जनधनको क्षतिप्रति गहिरो शोक व्यक्त गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय सरकार नेपालको आवश्यकता अनुसार सहयोग गर्न तत्पर रहेको उल्लेख छ । त्यस्तै काठमाडौंस्थित भारतीय दूतावास र वीरगञ्जमा भएको कन्सुलेटमार्फत सहयोग गरिने पनि उल्लेख छ ।
विज्ञप्ति:-