विश्वकै ठूलो विमानले उडान भर्यो

होमल्याण्ड खबर

२०७६ बैशाख २ गते, सोमबार १३:३९ मा प्रकाशित

एजेन्सीः विश्वकै सबैभन्दा ठूलो विमानले पहिलो पटक उडान भरेको छ ।

स्याटेलाइट लन्च प्याडका लागि स्ट्रेटोलन्च कम्पनीले यो विमान निर्माण गरेको हो । यो विमानले अन्तरिक्षमा उपग्रह छाड्नुअघि १० किलोमिटरसम्म उडान भर्न सक्छ । यो विमानको प्वाख ३ सय ८५ फुट लामो छ ।

बीबीसीका अनुसार विमानको प्याख कुनै पनि अमेरिकी फुटबल मैदान जत्रै छ । यो विमान प्रयोगमा आए अन्तरिक्षमा कुनै वस्तु जमिनबाट पढाउनुभन्दा यो अलिक सस्तो हुने प्राविधिकहरूले बताउँछन् ।

कम्पनीका अनुसार, यो विमानमा दुई एयरक्राप्ट बडीलाई एकआपसमा जोडिएको छ । आधा दर्जन यन्त्रजडित यो विमानले पहिलो पटक उडान भर्दा १५ हजार फिट माथिसम्म पुगको थियो ।

 यसको अधिकतम गति सीमा १७० माइल प्रतिघन्टा रहेको छ ।

यो विमान उडाउने पाइलट इभन थोमसले भने, ‘अद्भुत थियो, हामीले अपेक्षा गरेअनुसारकै विमान बन्यो, गजबले आकाशमा चक्कर लगायो ।’ स्ट्रेटोलन्चले यो विमानलाई संसारकै सबैभन्दा ठूलो भनेर दाबी गरेको छ ।