९ मंसिर २०८१, आईतवार
एजेन्सी । स्टार स्ट्राइकर लियोनल मेस्सी चम्कदा स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा स्थान बनाएको छ । मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगको खेलमा म्यानचेष्टर युनाइटेडलाई ३–० गोलले पराजित गर्दै बार्सिलोनाले समग्रमा ४–० गोलको जित निकलेको हो ।
बार्सिलोनाले पहिलो लेगमा युनाइटेडविरुद्द १–० गोलको जित निकालेको थियो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्दान लियोनल मेस्सीले दुई र फिलिप काउटिन्होले एक गोल गरे । खेलको १६ औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । उनले नै खेलको २० औँ व्यात्तिगत दोस्रो गोल गर्दै बार्साको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २–० गोलले अघि रहेको बार्सिलोनाका लागि काउटिन्होले ६१ औँ मिनेटमा गोल गर्दै टोलीलाई जित नजिक पुगाए । अब बार्सिलोनाले फाईनल प्रवेशका लागि लिभरपुल र पोर्टोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।