९ मंसिर २०८१, आईतवार
स्लाभिया प्रागलाई पराजित गर्दै चेल्सी युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।
चेल्सीले आफ्नो मैदानमा स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको दोस्रो लेगको खेलमा लन्डन क्लव चेल्सीले चेक क्लब स्लाभिया प्रागलाई ४–३ ले पराजित गरेको हो । चेल्सीले पहिलो लेगको खेलमा १–० को अग्रता लिएको थियो । समग्रमा चेल्सीले ५–३ को जित निकालेको हो ।
चेल्सीका लागि पेड्रो रोड्रिग्वेजले दुई तथा ओलिभर जिरुडले एक गोल थपे । एक गोल उपहार पाएको थियो । स्लाभियाका सिमोन डेलीले आत्मघाती गोल गरेका थिए । स्लाभियाका लागि पिटर सेभसिकले दुई तथा थोमस सुसेकले एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
पाहुना टोली स्लाभियाका डेलीले नवौं मिनेटमा आत्मघाति गोल गरेपछि चेल्सीले अग्रतालाई दोब्बर बनाएको थियो । १७ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई ३–० को स्थितीमा पुर्याएका थिए ।
स्लाभियाका कप्तान थोमसले २५ औं मिनेटमा गोल गर्दै गोल अन्तरलाई घटाउने प्रयास गरे । त्यसको एक मिनेट नबित्दै रोड्रिग्वेजले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ४–२ को अग्रता दिलाए ।
५१ औं मिनेटमा र ५४ औं मिनेटमा सेबसिकले दुई गोल गर्दै खेललाई ४–३ को स्थितिमा ल्याएका थिए ।
अब सेमिफाईनलमा चेल्सीले जर्मन क्लब फ्रान्कफर्टसँग खेल्नेछ । चेल्सीले सेमिफाईनलको पहिलो लेग जर्मन क्लबको घरेलु मैदानमा मे २ मा खेल्नेछ ।