अष्ट्रेलियाको सिड्नीमा एक नेपालीको मृत्यु

होमल्याण्ड खबर

२०७६ बैशाख १० गते, मंगलवार १३:१३ मा प्रकाशित

अष्ट्रेलियाको सिड्नीमा एक नेपालीको युवकको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा १७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठको हृयघातका कारण शनिबार मृत्यु भएको हो ।

शनिबार बिहान पानी पिउन ओछ्यानबाट उठेका उनी बेहोस भएपछि त्यहाँस्थित कोगाह्र सेन्ट अस्पतालमा पुर्याइएको  र उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

नेपालबाट अष्ट्रेलिया अध्ययन गर्न पुगेकी दुर्गा अधिकारीको डिपेन्डेन्ट भीसामा सिड्नी पुगेका उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।