आईपीएलः आज बैंगलोरले पन्जाबको सामना गर्दै

होमल्याण्ड खबर

२०७६ बैशाख ११ गते, बुधबार १०:४८ मा प्रकाशित

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार एक खेल हुँदैछ ।

बुधबार रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स इलाभेन पन्जाबबीच खेल हुनेछ ।

बैंगलोरस्थित एम चिन्नास्वामी स्टेडियममा हुने खेल राति ८ः१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यस सिजनको पहिलो भेटमा बैंगलोरले पन्जाबलाई ८ विकेटले हराएको थियो ।

लिगको पुछारमा रहेको बैंगलोरको १० खेलबाट ६ अंक रहेको छ । पाँचौं स्थानको पन्जाबले १० खेलबाट १० अंक जोडेको छ ।