टाटाको ‘नेक्सन’ नेपाली बजारमा

होमल्याण्ड खबर

२०७४ फाल्गुन ११ गते, शुक्रबार ०८:०८ मा प्रकाशित

सिप्रदी ट्रेडिङले टाटाको बहु प्रतिक्षित ‘नेक्सन’ कार नेपाली बजारमा ल्याएको छ । ‘नेक्सन’को प्रवेशसँगै नेपाली बजारमा एसयुभी सेगमेन्टमा पनि कम्पनीले प्रतिस्पर्धा थालेको छ ।
भारतमा ‘नेक्सन’ एनडीटीभी कार तथा बाइक अवार्डस् २०१८ मा वर्षकै उत्कृष्ट सव कम्प्याक्ट एसयुभी धोषित भइसकेको हो । त्यहाँ झण्डै २० हजार कार बेचेपछि ‘नेक्सन’ नेपाली ग्राहकको लागि पनि उपलब्ध भएको छ । यसमा आधुनिक र सर्वाेत्कृष्ट प्रविधि तथा सुविधा राखिएका छन् । कारमा इको, सिटी, र स्पोर्टस् तीन मोड राखिएका छन् । उपभोक्ताले आवश्यकताअनुसार मोडमा राखेर गाडी चलाउन सक्ने कम्पनीले दाबी गरेको छ ।
यसलाई टाटा मोटर्सले २१ सेप्टेम्बर २०१७ मा भारतमा लन्च गरेको थियो । यसमा क्लास लिडिङ ६ स्पिड ट्रान्समिसन छ, जसले छिटो पावर ट्रान्सफर गर्ने क्षमता राख्दछ । नेपालको प्रवेशसँगै नेपालसहित विश्वको एसयुभी बजारमा टाटाको उपस्थित थप बलियो हुने अपेक्षा कम्पनीको छ ।