२६ श्रावण २०८३, मंगलवार
नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजबाट सुरु भएको छ । नेपाल मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन प्रहरी महानीरिक्षक दानबहादुर कार्कीले गरेकाे हो ।
साउन ३१ गतेसम्म चल्ने नेपाल मोबिलिटी एक्स्पो–२०२६ गतवर्षभन्दा भव्य हुने संयोजक गौरव शारडाले बताएका छन् ।


नाइमा एक्स्पोमा ५५ वटा अटोमोबाइल ब्रान्डको सहभागिता रहने भएका छन् भने ४० भन्दा बढी नयाँ मोडलका सवारी साधनहरुको लञ्च गरिने भएको छ । एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी विभिन्न उत्पादन प्रदर्शनमा राखिने भएको छ ।
भृकुटीमण्डपको प्रदर्शनी हलमा ५१ भन्दा बढी स्टल निर्माण गरिएको छ । एक्स्पोमा हुन्डाई, बिवाइडी, निसान, टाटा, टोयोटा, किया र महिन्द्राजस्ता चर्चित ब्रान्डले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ ।