९ मंसिर २०८१, आईतवार
एजेन्सी। जापानका सम्राट आकिहितोले मंगलबार गद्दी त्याग गर्दैछन् ।
८५ वर्षीय सम्राटले आफ्नो उमेर र स्वास्थ्यका कारण पद सम्हाल्न नसक्ने बताएपछि कानुनीरूपमै अनुमति दिइएको जापानी समाचार संस्थाले जनाएका छन् ।
जापानी राजसंस्थाको २०० वर्षको इतिहासमा गद्दी त्याग्ने अकिहितो जापानको पहिलो सम्राट हुनेछन् ।
उनले गद्दी त्यागेको भोलिपल्ट अर्थात बुधबारदेखि अकिहितोका छोरा युवराज क्राउन प्रिन्स नारुहितोले राजगद्दी सम्हाल्दै नयाँ युगको सुरुवात गर्ने जनाइएको छ ।
जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन । तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन्।
टोकियोस्थित राजदरबारमा हुने एकदमै प्रतीकात्मक तर साधारण समारोह टेलिभिजनबाट प्रसारण हुनेछ ।