अघिल्लो वर्षको तुलनामा एप्पलको आम्दानी घट्यो

होमल्याण्ड खबर

२०७६ बैशाख २० गते, शुक्रबार १४:३३ मा प्रकाशित

एप्पल कम्पनीको यो आर्थिक २०१९ वर्षको त्रैमासिक आम्दानी अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले कम भएको एप्पलले जनाएको छ ।

यो वर्षको दोस्रो त्रैमासिक अवधिमा ५८ अर्ब डलरको आम्दानी भएको एप्पलले जनाएको छ । यद्यपि उक्त आम्दानीले ५७.४ अर्ब डलरको बजार अपेक्षालाई नाघेको छ ।

२०१९ को मार्च ३० मा अन्त्य भएको दोस्रो त्रैमासिक अवधिको वित्तीय प्रतिवेदनमा कम्पनीले प्रतिसेयर त्रैमासिक आम्दानी १० प्रतिशतले ओरालो लागेर २.४६ डलर भएको जनाएको छ ।

यसको अन्तर्राष्ट्रिय बिक्रीले त्रैमासिक आम्दानीको ६१ प्रतिशतको हिस्सा ओगटेको छ ।

एप्पलका सिइओ टिम कुकले कम्पनीले एप्पल म्युजिक, एप स्टोर र अन्य व्यवसायलगायतका सेवाबाट गर्ने दोस्रो त्रैमासको आम्दानी ११.५ अर्ब डलरको कीर्तिमानी अवस्थामा पुग्ने बताएका छन् ।

एप्पलले लामो समयसम्म आईफोन, आईप्याड, म्याकलगायतका संयन्त्रको बिक्री संख्याका बारेमा वित्तीय विवरणमा नखुलाउने गत वर्षको घोषणामार्फत नै बताइसकेको थियो ।