अफगानी सुरक्षाकर्मीको कारबाहीमा ५२ तालिबानी लडाकुको मृत्यु

होमल्याण्ड खबर

२०७६ बैशाख २२ गते, आईतवार १५:२३ मा प्रकाशित

एजेन्सीः अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा तालिबान लडाकुविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीमा कम्तीमा ५२ लडाकू मारिएका छन् ।

स्थानीय दुई नेतासहित ५२ लडाकु मारिएको त्यहाँको रक्षा मन्त्रालयले आइतबार जनाएको हो ।

रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘अहिले सम्मको विवरण अनुसार ५२ भन्दा बढी आतङ्कवादीहरु मारिएका छन् । अफगानी सेनाको तीन ओटा टोलीले गरेको पछिल्ला सुरक्षा कारबाहीमा उनीहरु मारिएका हुन् ।’

सेनाले शनिबार विहानैदेखि स्थल तथा हवाई कारबाही गरेको उच्च सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।