भारतमा लोकसभा चुनावः छैटौं चरणको निर्वाचन आज

होमल्याण्ड खबर

२०७६ बैशाख २९ गते, आईतवार १२:०५ मा प्रकाशित

भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आज आइतबार छैटौं चरणको मतदान भइरहेको छ ।

दिल्लीसहित सात राज्यका ५९ लोकसभा सिटमा आइतबार मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

यो चरणमा उत्तर प्रदेशका १४, हरियाणाका सबै १०, बिहारका ८, पश्चिम बंगालका ८, मध्य प्रदेशका ८, दिल्लीका सबै सात र झारखण्डका चार सिटमा मतदान भइरहेको छ ।

आइतबारको निर्वाचनबाट संघीयमन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कांग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा) का प्राज्ञ सिंह ठाकुरसहित नौ सय ६८ जनाको राजनीतिक फैसला हुने भएको छ ।

सात चरणमा हुने निर्वाचन गत अप्रिल ११ मा सुरु भएको थियो।

अन्तिम चरणको मतदान मे १९ मा भएपछि मे २३ देखि मतगणना हुनेछ ।