९ मंसिर २०८१, आईतवार
एजेन्सीः भारतको जम्मू–कश्मीर पुलवामामा फेरि भिडन्त भएको छ । भिडन्तमा तीन आतंककारी सहित १ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
बिहीबार बिहान भइरहेको भिडन्तमा दुई सुरक्षाकर्मी र एक सर्वसाधारण घाइते भएको जनाइएको छ । उनीहरुको नजिकको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार पुलवामाको डालीपुरा इलाकामा सेनाले एक घरमा लुकेर बसेका आतंकवादीमाथि आक्रमण गरेको थियो ।
भिडन्त जारी रहेको बताइएको छ । सेनाले उक्त क्षेत्रलाई वरिपरिबाट घेरा हालेको छ ।
गत फेब्रुअरी १४ मा आतंकवादीको आक्रमणमा ४९ भारतीय सुरक्षाकर्मीको ज्यान गएपछि पुलवामाले विश्वकै ध्यान तानेको छ ।