भारतमा लोकसभा चुनावः आज अन्तिम चरणको चुनाव, मतगणना भने २३ मेबाट

होमल्याण्ड खबर

२०७६ जेष्ठ ५ गते, आईतवार ०९:०२ मा प्रकाशित

भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आज आइतबार सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ ।

अन्तिम चरणको मतदानमा उत्तर प्रदेश, विहार, पश्चिम बंगालसहित सात राज्य र एक केन्द्र शासित राज्यका ५९ सिटका लागि मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

अन्तिम चरणको चुनावमा उत्तर प्रदेश र पञ्जाबका १३ सिटमा, बिहार र मध्य प्रदेशका ८८ सिटमा, पश्चिम बंगालको ९, हिमाञ्चल प्रदेशमा ४, झारखण्डमा ३ र केन्द्र शासित राज्य चण्डीगढमा एक सिटका लागि मतदान भइरहेको छ ।

लोकसभा चुनावको आजको मतदानमा करिब १० करोड मतदाता सहभागी हुनेछन् भने ९ सय ९ उम्मेदवार चुनावी मैदानमा छन् ।

वाराणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदी बिजेपीका उम्मेद्वार बनेका छन् ।

मोदीसँग समाजवादी दलकी उम्मेद्वार शालिनी यादव र कांग्रेसका अजय राय प्रतिश्पर्धा गर्दैछन् ।

आइतबारको चुनावबाट केन्द्रीय मन्त्री मनोज सिन्हा, केन्द्रीय मन्त्री रविशंकर प्रसाद, केन्द्रीय मन्त्री हरदीप सिंह पुरी, कांग्रेसका वरिष्ठ नेता एवं पूर्व लोकसभा अध्यक्ष मीरा कुमार, झारखण्ड मुक्ति मोर्चाका अध्यक्ष शिबु सोरेन, चर्चित कलाकार शत्रुघ्न सिन्हा, अभिनेता सनी देओललगायतको फैसला हुने भएको छ । सात चरणमा भएको निर्वाचन गत अप्रिल ११ मा सुरु भएको थियो । निर्वाचनको मतगणना भने २३ मेबाट सुरु हुनेछ