९ मंसिर २०८१, आईतवार
इटालियन ओपन टेनिसको फाइनलमा विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिक र साविकको विजेता राफायल नाडालबीच प्रतिस्पर्धा हुने भएको छ ।
रोममा शनिबार भएको सेमिफाइनलमा जोकोभिकले अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यानलाई पराजित गरेका हुन् । सेमिफाइनलमा जोकोभिकले स्वार्ट्जम्यानलाई ६–३, ६–७ (२–७) र ६–४ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
यस्तै नाडालले स्टेफानोस स्टिपासलाई पराजित गरी फाइनलमा पुगेका हुन् । उनले स्टिपासलाई ६–३ र ६–३ को सेटमा पराजित गरे ।
यसैगरी, महिलातर्फको उपाधिका लागि जोहाना कोन्टा र करोलिना प्लिस्कोभाबीच हुने भएको छ ।
फाइनल खेल आइतबार हुनेछ ।