९ मंसिर २०८१, आईतवार
एजेन्सीः सिंगापुरको स्कुट एयरवेजको एउटा विमानमा अचानक आगो लागेपछि आकस्मिक अवतरण गराइएको छ ।
१६१ जना यात्रु बोकेर उडिरहेको विमानको इन्जिनमा आगो लागपछि भारतको चेन्नाइमा आकस्मिक अवतरण गरिएको हो ।
एसीओ ५६७ तमिलनाडुको तिरुचिरापल्लीदेखि सिंगापुरका लागि उडेको थियो ।
विमानको इन्जिनमा आगो लागेको सबैभन्दा पहिला यात्रुले देखेको र पाइलटले तत्कालै नजिकैको विमानस्थलमा सम्पर्क गरी आकस्मिक अवतरण गराएका थिए ।
विमानमा रहेका सबै १६१ यात्रु सकुसल छन् ।
के कारणले आगो लागेको भनेर प्राविधिकहरुले विमानको जाँच गरिरहेका छन् ।