१ मंसिर २०८१, शनिबार
प्रधानमन्त्री नरेद्र मोदी नेतृत्वको भाजपाले दोस्रो पटक शानदार जित दर्ता गरेको छ ।
लगातार दास्रो पटक पूर्ण बहुमत प्राप्त गरेको भाजपा मतगणनाको अन्तिम समयसम्म आइपुग्दा २९९ सीटमा आफ्नो बिजय हासिल गरेको छ भने ३ सिटमा अझै पनि अगाडि देखिएको छ ।
यसैगरी कंग्रेस आईले ५२ सीटमा जित हासिल गरेको छ भने टीएमसी २२ सीट, डीएमके २३ सीट, जेडीयू १६ सीट, एलजेपी ६ सीट र एनसीपी ५ सीटमा जित हासिल गरेका छन् ।
सबैको ध्यान तानिएको प्रमुख क्षेत्र उत्तर प्रदेशका ८० सीटमा भाजपाले ६२ सिटमा आफ्नो कब्जा बनाएको छ । गठबन्धनले ठूलो झड्का दिने आकलन गरिएको एक क्षेत्रमा सबैलाई चक्मा दिँदै भाजपाले आफ्नो दारो उपस्थिति दर्ता गरेको हो ।
अन्य दल बीएसपी ९ अपना दल (सोनेलाल) ले २, एसपीले ६ सीट र कंग्रेसले १ सीटमा चित्त बुझाएका छन् ।