९ मंसिर २०८१, आईतवार
एजेन्सीः दक्षिण अमेरिकी मुलुक पेरूमा ८ म्याग्नेच्युडको भूकम्प गएको छ ।
स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ४० मिनेट जाँदा सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पको धक्का छिमेकी कोलोम्बिया र ब्राजिलसम्म पनि महशुस गरिएको छ।
भूकम्पले हल्लाएपछि लिमावासी मध्यरातमा सडकमा निस्किएको र यसबाट के कति क्षति भयो भन्ने बारेमा विवरण आउन भने बाँकी छ ।