९ मंसिर २०८१, आईतवार
एजेन्सीः मेक्सिकोमा आगो निभाउन गएको हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा परी ५ सैनिकसहित ६ जनाको मृत्यु भएको छ ।
आगो निभाउन हेलिकोप्टरमा २५ सय लिटर पानी लिइएको थियो । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो ।
देशको उत्तरी क्वेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले जानकारी दिएका छन् ।
एमआई १७ हेलिकोप्टर छिमेकि सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट डढेलो प्रभावित क्षेत्रतर्फ गएको थियो ।
सो क्षेत्र अति दुर्गम क्षेत्रमा दुर्घटना भएकाले दुर्घटनाको थप विवरण आउन बाँकी छ ।