आगो निभाउन गएको हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७६ जेष्ठ १३ गते, सोमबार १०:१६ मा प्रकाशित

एजेन्सीः मेक्सिकोमा आगो निभाउन गएको हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा परी ५ सैनिकसहित ६ जनाको मृत्यु भएको छ ।

आगो निभाउन हेलिकोप्टरमा २५ सय लिटर पानी लिइएको थियो । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो ।

देशको उत्तरी क्वेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले जानकारी दिएका छन् ।

एमआई १७ हेलिकोप्टर छिमेकि सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट डढेलो प्रभावित क्षेत्रतर्फ गएको थियो ।

सो क्षेत्र अति दुर्गम क्षेत्रमा दुर्घटना भएकाले दुर्घटनाको थप विवरण आउन बाँकी छ ।