९ मंसिर २०८१, आईतवार
उत्तरी ब्राजिलस्थित छुट्टाछुट्टै जेलमा ४२ जना कैदी मृत फेला परेका छन् ।
अमेजनस राज्यको एक कारागारमा समूहबीचको झडपमा १५ जना कैदी मारिएको एक दिनपछि यो घटनाबारे विवरण सार्वजनिक भएको हो ।
ब्राजिलका सरकारी अधिकारीहरुका अनुसार, अमेजन राज्यको राजधानी मानसस्थित ४ वटा कारागारमा गरिएका निरीक्षणका क्रममा कैदीहरु मृत भेटिएका हुन् ।
अक्सिजन अभावले श्वासप्रश्वासमा अवरोध भई कैदीहरुको मृत्यु भएको अमेजन राज्यको प्रिजन एजेन्सीले जनाएको छ ।
घटनापछि यसबारे सरकारी अधिकारीहरुले छानबिन थालेको बताइएको छ । अवस्थालाई थप बिग्रन नदिन एक कार्य दललाई घटनास्थलमा परिचालन गरिएको छ ।