विश्वकै कान्छो राष्ट्रप्रमुख ३२ वर्षीय कर्जलाई पदबाट हटाइयो

होमल्याण्ड खबर

२०७६ जेष्ठ १५ गते, बुधबार ०९:४५ मा प्रकाशित

एजेन्सीः विश्वकै कान्छो ३२ वर्षीय चान्सलर सेबास्टियन कर्ज राष्ट्रप्रमुखलाई पदबाट हटाएको छ।

युरोपेली देश अष्ट्रियाको संसद्ले कर्जलाई कर्जविरुद्ध संसदको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पद मुक्त गरिएको हो।

कर्ज सन् २०१७ डिसेम्बरदेखि अष्ट्रियाका चान्सलर थिए। प्रमुख प्रतिपक्षी दल सोसल डेमोक्र्याट्सले सरकारविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव स्वीकृत भएपछि उनी सत्ताबाट हटेका हुन्।

अस्ट्रियन पिपल्स पार्टीका अध्यक्ष समेत रहेका कर्जको एउटा भिडिओ बाहिरिएपछि उनी विवादमा परेका थिए।

सन् २०१७ को उक्त भिडिओमा कर्जले राजनीतिक हित र स्वार्थका कुरा गरेका बताइएको छ।

भिडिओमा कर्ज र रसियाकी एक धनी परिवारकी महिलाबीच अष्ट्रियाली अखबारको सेयर किनेर पार्टीलाई सहयोग पुग्ने खालको सामग्री प्रकाशित गर्ने कुरा भएको छ।

भिडिओ बाहिरिएपछि प्रमुख प्रतिपक्षीले कर्जविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि फैसलाका निम्ति संसदमा मतदान गरिएको थियो।

अष्ट्रिया संसदका कुल १८३ जना सदस्यमध्ये ५१ सिट भएको प्रमुख प्रतिपक्षी सोसयल डेमोक्र्याट्स (एसपीओ) र ५२ सांसद रहेको फार राइट फ्रिडम पार्टीले कर्जका विपक्षमा मत हालेका हुन्।

कर्ज पदच्यूत भएसँगै अष्ट्रियाली राष्ट्रपति अलेक्जेन्डर भान दे बेलेनले भाइस—चान्सलर हार्टविग लोगरलाई अन्तरिम चान्सलर नियुक्त गरेका छन्।